काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् ।
नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । दीपेन्द्रसिंह सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी हुन्, उनले उपाधि दिलाउन सकेनन्, तर फाइनलसम्म पुग्दा निकै राम्राे भूमिका खेलेका थिए । टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिए। आज फाइनलमा पनि विकेट लिन सफल रहे ।
यसको साथै, जनकपुरका ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक जितेका छन् । उनले एनपीएलमा १७ विकेट लिए ।
एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।
एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गर्नुको साथै २ लाख रुपैयाँ जितेका छन् ।
२०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने । उनले दुई लाख रुपैंयाँ नगद पाएका छन् ।
१६ वर्षका कर्णाली याक्सका विपिन शर्माले उदीयमान खेलाडी घोषित भएका छन् । उनले कर्णालीलाई प्लेअफमा पुर्याउन १३ विकेट लिएका थिए । ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरेका छन् ।
यसको साथै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले यो लिग जित्न पाउँदा एकदमै खुसी लागेको बताएका छन् । उनले भने, ‘मेरो लागि यो जित हासिल गर्न पाउँदा एकदमै उत्साहित छु ।’
सोही क्रममा बोल्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलमा हार जित भइरहने र अर्को पटक राम्रो गर्ने प्रयास रहने बताए ।































प्रतिक्रिया