हेटौँडा । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आज बुधबारदेखि मकवानपुर जिल्लामा सुरु हुँदै छ । हेटौँडा–५ स्थित पिपले क्याम्प रंगशालामा हुने उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँले माउन्ट एभरेस्ट एफसी काभ्रेसँग प्रतिस्पर्धा गर्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा बागमती प्रदेशको मकवानपुरसहित ११ जिल्लाको फुटबल टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमशः नगद दुई लाख र एक लाखसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौँ, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरू सहभागी हुने छन् ।





























प्रतिक्रिया