महिला टि-२० स्म्यास खेलमा नेपालले इन्डोनेसियालाई १२० रनको चुनौती दिएको छ।
थाइल्याण्डमा जारी टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको हो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। ६२ बल खेलेकी उनले १ चौका प्रहार गरेकी थिइन्।
यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरेकी थिइन्। ओपनर काजोल श्रेष्ठले १४ रन बनाउँदा नेरी थापा ५ रना आउट भइन्। कप्तान रूविना २ रनमा नटआउट रहिन्।
तेस्रो खेलमा उपाधिको दाबेदार युएईलाई ६ विकेटले पन्छाएको नेपालले समूहको अन्तिम खेलमा आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गर्दै सतप्रतिशत जित निकालेको थियो ।































प्रतिक्रिया