काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ । आइतबार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको हो ।
काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन् । तीन देशले एकअर्कासहित ३–३ खेल खेल्ने छन् र शीर्ष दुई स्थानमा हुने देश फाइनलमा पुग्ने छन् ।
सिरिजको फाइनल खेल फेब्रुअरी ८ मा हुने छ । क्यानका अनुसार टियु अन्तर्राष्टिय क्रिकेट मैदानमा हुने सिरिज सवा १२ बजेदेखि शुरु हुने छ ।





























प्रतिक्रिया