एमबाप्पेको दुई गोलको मद्दतमा स्पेनिस ला–लिगामा रियलको सहज जीत

एमबाप्पेको दुई गोलको मद्दतमा स्पेनिस ला–लिगामा रियलको सहज जीत

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जीत दिलाउन एमबाप्पे बाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे । खेलको ३३ औँ मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । रोड्रिगोले ५७औँ मिनेटमा अर्को गोल थपे ।

जीतसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । समान खेलमा ३९ अंकका साथ बार्सीलोना तेस्रो स्थानमा छ ।

Skip This
Skip This
Logo