बंगलादेश प्रिमियर लिगमा पनि चम्किए सन्दीप, लिए २ विकेट

बंगलादेश प्रिमियर लिगमा पनि चम्किए सन्दीप, लिए २ विकेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएल डेब्युमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतवार भएको आफ्नो पहिलो खेमा सन्दीपले २ विकेट लिए ।

सन्दीपले डेब्यु खेलमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिएका हुन् । सुरुको २ ओभरमा ८ रन खर्चेर विकेट लिन नसकेका सन्दीपले पछिल्लो २ ओभरमा एक-एक विकेट लिएका थिए ।

सन्दीपले सिक्सर्स कोमिलाको तर्फबाट खेलेका थिए । सन्दीपले उत्कृष्ठ प्रदर्शन गरेपनि उनको टिम सिक्सर्स भिक्टोरिएन्ससँग ४ विकेटले पराजित भएको छ ।

सन्दीपले भिक्टोरिएन्सका सोएल मल्लिकलाई सविर रहेमानको हातबाट क्याचआउट गराए भने अनामुल हकलाई बोल्ड गरेका थिए ।

पाकिस्तानका लिजेण्ड शाहिद अफ्रिदीले शानदार ब्याटिङ गर्दै नटआउट ३९ रन बनाएपछि सिक्सर्सले दिएको १२८ रनको लक्ष्य भिक्टोरिएन्सले १ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गरेको हो। सिक्सर्सले अब दोस्रो खेलमा बुधवार चितागोङ भाइकिङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

Logo