काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्।
बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उनको केही बेरअघि हर्नियाको शल्यक्रिया गरिएको छ। सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो ।
पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । अस्पतालमा डा. दिपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो । करिब डेढ घण्टामा शल्यक्रिया सकिएको हो । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोश बनाइएको थियो ।































प्रतिक्रिया