फुटबलका सर्वकालिन महान खेलाडी क्रिस्टियानो रोनाल्डोलाई नचिन्ने त प्राय नै कोही होलान् ! पोर्चुगलको सानो मदिरा शहरबाट उठेर संसारकै महान खेलाडी बनेका रोनाल्डोलाई फुटबल खेल प्रेमीले मात्र नभएर अन्य विधाका मानिसहरुले पनि उनको जिवनशैलीबाट प्रभावित भएर पछ्याउँछन्।
कुनै समय एउटा पाउरोटी किन्ने हैसियत नभएका रोनाल्डो अहिले वार्षिक २६० मिलियन डलर कमाउँछन् । ५ छोरा छोरीका पिता रोनाल्डोले विवाह भने अहिलेसम्म गरेका छैनन् । हाल रोनाल्डो ३० वर्षिय गल्फ्रेन्ड जर्जिना रोड्रिगेजसँग लिभइन रिलेसनसिपमा रहेका छन् । उनै रोनाल्डोलाई केन्द्रमा राखेर आज हामीले उनको जिवनका केही विशेष पाटोहरु तपाई सामु पस्किएका छौं, जुन आम मानिसले थाहा पाइरहेको भन्दा केही फरक छ।
१. रोनाल्डोसँग महंगा कारहरुको संग्रह नै रहेको छ । एक रिपोर्टका अनुसार रोनाल्डोसँग २० भन्दा बढी महंगा कार रोल्स–रोयस कलिनन, मर्सिडिज जी–वैगन ब्राबस, ल्याम्बोर्गिनी एभेन्टाडोर एल पी–७००–४, फेरारी ५९९ जिटीओ, म्याकलरेन सेना, बुगाटी भेरोन, बुगाटी चिरोनलगायत संसारकै सबभन्दा महंगो कारहरु रहेका छन् । रोनाल्डोलाई जर्जिनाले ३५औं जन्मदिनमा ६ लाख १५,००० युरो पर्ने मर्सिडीज जी–क्लास ब्राबस उपहार दिएकी थिइन् ।
२. अहिले रोनाल्डोलाई संसारकै सर्वाधिक सफल, सर्वाधिक धनी, सर्वाधिक बढी गोल र सर्वाधिक बढी फ्लोअर भएको खेलाडीका रुपमा चिनिन्छन् तर तपाईलाई थाहा छ ? रोनाल्डोले यसका लागि सानै उमेरमा सपना देखेका थिए । उनले स्पोर्टिङ लिस्वनको एकेडेमीमा खेल्ने क्रममा आफ्ना सहकर्मीलाई आफू ‘एक दिन म संसारको सर्वश्रेष्ठ खेलाडी बन्नेछु र मसँग धेरै फेरारी कार हुनेछन् ।’ भनेर आफ्ना सपनाका बारेमा बताउने गर्थे । यस बारेमा रोनाल्डोले ‘क्रिस्टियानो रोनाल्डोः जीवनी’ भन्ने आफ्नै पुस्तकमा लेखेका छन् ।
३. रोनाल्डो फुटबल बाहेक खाली समयमा तास खेलेर बस्न मन पराउँछन् । विभिन्न रिपोर्टहरुका अनुसार रोनाल्डो तासमा पोकर खेल्न यति मन पराउँछन् की उनले पोकरस्टार्समा विश्वका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा नै गरेका छन् ।
४. रोनाल्डो भन्न साथ उनले पहिरिने आइकोनिक ७ नम्बरको जर्सीको याद आयो होला । तर तपाईलाई थाहाँ छ रोनाल्डोले आफ्नो करिअरको सुरुवाती समयमा पोर्चुगलको उमेर समुहअन्तर्गत ११ र १७ नंबरको जर्सी लगाएर खेल्थे । यसपछि रोनाल्डोको पहिलो क्लब स्पोर्टिङ लिस्वनका लागि खेल्दा २८ नंबरको जर्सी लगाउथे भने म्यानचेष्टर युनाइटेडमा आबद्ध भएपछि ७ नंबरको जर्सी लगाएर ६ वर्ष खेले सन् २००९ मा रियल म्याड्रिडमा आबद्ध भएपछि भने रोनाल्डोले पहिलो सिजन ९ नंबरको जर्सी मात्र लगाएर खेले तर त्यसपछि भने रोनाल्डोले आफ्नो प्रिय जर्सी अर्थात ७ नंबरको जर्सी कहिल्लै छाडेनन् । यसको मतलब रोनाल्डोले आफ्नो आइकोनिक ७ नंबरको जर्सी लगाउनुअघि ९, ११, १७ र २८ नंबरको जर्सी पहिरिएर खेलिसकेका छन्।
५. रोनाल्डो सानो छदाँ उनको बुवा मालीको काम गर्थे भने आमा अर्काको घर सफा गर्ने र खाना पकाउने काम गर्थिन । गरिवीकै कारण रोनाल्डो बाल्यकालमा, सपरिवार एउटै कोठामा सुत्ने गर्थे । उनका बुबा मदिरा सेवन गर्ने व्यक्ति थिए । तर, उनको जीवन अब पूर्ण रूपमा परिवर्तन भएको छ । उसले आफ्नी आमा डोलोरेसलाई विलासी जीवन बिताउन सक्षम बनाउँछ । केही समय अघि मात्र उनले १,१५,००० युरोको पोर्श किनेका थिए ।
६. रोनाल्डोलाई सानै छँदा इङ्लिस क्लब लिभरपुलले पनि अनुबन्धको प्रयास गरेको थियो । तर स्पोर्टिङ लिस्वन र लिभरपुलबीच तलबको विषयमा सहमत हुन नसक्दा उक्त डिल पनि रोकिएको थियो । त्यति मात्रै होइन रोनाल्डोलाई फ्रान्सेली क्लब लियोनले पनि सम्भौता गर्न चाहन्थ्यो तर ठुला प्रतियोगिता खेलेको अनुभव नभएका कारण रोनाल्डोलाई आफ्नो क्लबमा आबद्ध गर्न अस्विकार गरेको थियो ।
७. तपाईलाई थाहा छ ? रोनाल्डो सन् २००२ मै इटालियन क्लब युभेन्टसमा आबद्ध हुन सक्थे । तर सम्झौता अनुरुप चिलीका स्ट्राइकर मार्सेलो सालासले स्पोर्टिङ क्लब लिस्बनमा आबद्ध हुन अस्विकार गरेपछि उक्त डिल फेल भएको थियो । तर रोनाल्डोले सन् २०१८ मा रियलसँगको सम्झौता तोडेर ३० वर्षको उमेरमा १ सय मिलियन डलरमा पुन इटालियन क्लब युभेन्टसमा जोडिएका थिए । युभेन्टसमा रोनाल्डोले २ सिजन बिताएर पुनः इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडमै फर्किएका थिए।
८. विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार रोनाल्डोले प्रहार गर्ने बलको सामान्य गति नै १३० किलोमिटर प्रतिघण्टाको हुन्छ । रोनाल्डोले सन् २०२४ मा सम्पन्न भएको युरोकपमा ३२ किलोमिटर प्रतिघण्टाको स्पिडमा फ्रि–किक प्रहार गरेका थिए ।
९. तपाईलाई थाहाँ छ तपाई हामीले अहिले सर्वकालिन महान खेलाडीका रुपमा चिन्दै र मान्दै आएको रोनाल्डोले कुनै समय फुटबल सधैंका लागि छाड्न लागेका थिए । डक्टरले रोनाल्डोलाई अनियमित मुटुको धड्कनका कारण फुटबल खेल्न उनलाई अनुमति दिएका थिएनन् । सोही कारण डक्टरले रोनाल्डोलाई तुरुन्त मुटु सर्जरीका लागि सुवाव दिएका थिए । तर त्यति बेला रोनाल्डोको परिवार निकै गरिव भएका कारण रोनाल्डोका पिताले स्पोर्टिङ लिस्वन क्लबलाई मुटुको शल्यक्रियाका लागि मद्दत मागेका थिए । सोही सफल शल्यक्रियाका बाबजुत नै हामीले रोनाल्डोलाई अहिले मैदानमा खेलिरहेको देख्न पाएका छौं ।
१०. संसारभर ८ वटाभन्दा बढी विलासी घर र अपार्टमेन्ट किनेर राखेका रोनाल्डोले सन् २०१५ मा अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा १ अरब ६० करोड मूल्य पर्ने अपार्टमेन्ट किनेका थिए । बिजनेस इनसाइडरका अनुसार रोनाल्डोले उक्त अपार्टमेन्टमा १८औं शताब्दीको भर्साइल शैलीको काठको प्रयोग पार्केट फ्लोरमा गरेका छन् ।
यी बाहेक पनि रोनाल्डोसँग सम्बन्धित कयौं नसुनिएका, नबताईएका र नकोट्याईएका धेरै जानकारीहरु इन्टरनेटभर छरपष्ट रहेका छन् । तर हामीले त्यसमध्ये पनि केही महत्वपूर्णलाई मात्रै छनौट गरेर यहाँ प्रस्तुत गरेका हौं ।





























प्रतिक्रिया