विश्वकपः नेपालले आयोजक मलेसियालाई हरायो

विश्वकपः नेपालले आयोजक मलेसियालाई हरायो

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । नेपालले आइसिसी यु १९ महिला विश्वकपमा आयोजक टोली मलेसियामाथि सहज जित दर्ता गरेको छ । मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा आज भएको प्लेअफमा नेपालले मलेसियालाई ७ विकेटले स्तब्ध पारेको हो ।

मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालको जितमा कप्तान पुजा महतोले नट आउट रहँदै सर्वाधिक २३ रनको योगदान गरिन् । ज्योत्स्निका मरासिनीले ७ रन जोडिन् ।

बलिङतर्फ मलेसियाका लागि मार्सिया अब्दुल्लाहले ३ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया १६.५ ओभरमा ४५ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो रन छुन सकेनन् ।

बलिङतर्फ नेपालका लागि कप्तान पूजाले सर्वाधिक ४ विकेट लिइन् । यसैगरी रचना चौधरीले ३ विकेट तथा रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिए ।

नेपाल समूह डी र मलेसिया समूह ए का पराजित टाेली हुन् । तर दुवै टोली सुपर ६ बाट बाहिरिएकाले प्लेअफमा भिडेका हुन् । नेपाल यसअघि समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो। उता मलेसिया भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो।

Skip This
Skip This
Logo