लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड जितेका छन् । रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

रोनाल्डोले पहिलो पटक यस अवार्ड जितेका हुन् । रोनाल्डो गोल्डेन फुट अवार्ड जित्ने १८ औं खेलाडी बने । मनोनयनमा परेका १० खेलाडी मध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका थिए ।

मनोनयनमा रोनाल्डो, मेस्सी, लेवान्डोस्की, सलाहसँगै नेयमार, जर्जियो चेलीनी, सर्जियो रामोस, सर्जियो अग्युरो, जेरार्ड पिके र अर्टुरो भिडाल रहेका थिए । गतवर्ष यस अवार्ड रियल मड्रिडका लुका मोड्रिचले जितेका थिए ।

मोनाकोमा आयोजित एक कार्यक्रममा रोनाल्डोलाई उनको फुट प्रिन्ट प्रदान गरिनेछ । सन् २००३ बाट प्रदान गर्न थालिएको यस अवार्ड रोनाल्डिन्हो, रोनाल्डो, ज्लाटन इब्राहिमोविच, डिडियर ड्रोग्बा, एडिन्सन काभानी, इकर कासिलास जस्ता खेलाडीले प्राप्त गरिसकेका छन् । तर रोनाल्डोका प्रतिद्वन्द्वी मेस्सीले अहिलेसम्म यस अवार्ड जित्न सकेका छैनन् ।

Skip This
Skip This
Logo