नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको शनिबार भएको खेलमा नेपालले थाइल्याण्डलाई एक सय २ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको हो । नेपालका लागि विन्दु रावल र कविता कुँवरले समान २५ २५ रन जोडे । कप्तान इन्दु बर्मा १५ रनमा समेटिँदा अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।

बलिङमा थाइल्याण्डका लागि थिपाचा पुत्थावोङले तीन तथा फनिता माया र नत्तया बुछाथामले २–२ विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।

Skip This
Skip This
Logo