काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी जितेको छ । मनाङले दुई खेलअघि नै उपाधी जित्दै ईतिहास रचेको छ ।
ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै उपाधी हात पारेको हो ।
संकटाविरुद्ध जित हात पार्न मनाङका एडेलाजा सोमिडे र पुजन उपरकोटीले एक एक गोल गरे भने थप गोल आत्मघाती रह्यो। संकटाका रोसन पहरीबाट पहिलो हाफको इन्जुरी समयमा आत्मघाती गोल भएपछि मनाङले सुरुवाती अग्रता लिएको थियो।
वैकल्पिक पुजनले ८१ र सोमिडेले ८६ औँ मिनेटमा गोल गरेका हुन्। संकटाका सेड्रिक अबाले ९० औँ मिनेटमा गोल गरेका थिए।
लगातार ११ खेलमा जित निकाल्दैं मनाङले आफ्नो ईतिहास लेखाउन सफल भएको छ । मनाङले आठौं पटक ए डिभिजन लिगको उपाधि उचालेको हो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।































प्रतिक्रिया