काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले यू १९ विश्वकप छनोटका लागि खेलाडी छनोट गर्न अर्को क्याम्प सञ्चालन गर्ने भएको छ । त्यसका लागि क्यानले यू १९ का २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ ।
आगामी चैतमा नेपालले आईसीसी यू १९ विश्वकपको एसिया छनोट आयोजना गर्दैछ। यसअघि पहिलो चरणमा ३६ खेलाडी छनोट गरिएको थियो। पहिलो चरणको बन्द प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि खेलाडी छनोट गरिएको हो । क्याम्पका लागि विपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी परेका छन्। नेपालले आगामी चैत अन्तिम सातादेखि आईसीसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।
एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।
यी हुन् यू १९ का २४ छनौटका लागि दोस्रो चरणमा क्याम्पमा बोलाइएका खेलाडी :






























प्रतिक्रिया