ईपीएलको फाइनल: ललितपुरको १५६ रनको चुनौती पछ्याउदै भैरहवा

ईपीएलको फाइनल: ललितपुरको १५६ रनको चुनौती पछ्याउदै भैरहवा

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा ललितपुर प्याट्रियोट्सले भैरहवालाई १५६ रनको चुनौती दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा १९.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन बनाएको हो । अहिले भैरहवाले ब्याटिङ् गरिरहेको छ।

ललितपुरका जयककिशन कोल्सावालाले अर्धशतक खेले।  उनले २ चौका र ३ छक्कासहित ५७ रनको योगदान दिए । ओपनिङ गर्न आएका जयकिशन कोल्सावाला र गौरब तोमारले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

रविइन्दर सिंहको हातबाट क्याच आउट भएका तोमरले आफ्नो इनिङमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । तोमर आउट भएपछि मैदान आएका ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल धेरै बेर टिक्न सकेनन् । उनले ७ बलमा दश रन बनाउँदा १ छक्का प्रहार गरे । ज्ञानेन्द्र भैरहवाका कप्तान शरद भेषावकरको बलिङमा कुशल मल्लको हातबाट क्याच आउट भएका थिए ।

भैरहवाका लागि कृष्ण कार्कीले ३, मोहम्मद नाभिद् र रेनटेन डोट्स्चे २ विकेट लिँदा शरद भेषावकर र भुवन कार्कीले एक एक विकेट लिए ।

Skip This
Skip This
Logo