काठमाडौं । घरेलु टोली नेपालले फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आज साँझ दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानमाथि नेपालले १-० को जित दर्ता गरेको हो । नेपालको जितमा विमला चौधरीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । सविता रानामगरको क्रस पासको सदुपयोग गर्दै खेलको नवौं मिनेटमा चौधरीले हेडमार्फत गोल गरेकी थिइन् ।
त्यसपछि दोस्रो हाफमा पनि नेपालले सुनौलो अवसर पाएको थियो, तर गोल भने गर्न सकेन ।
६ वर्ष अघि नादेज्दा कपमा नेपालले कीर्गिस्तानलाई ८-२ ले हराएको थियो।
आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो।





























प्रतिक्रिया