काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले शुक्रबारबाट अष्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । अन्य व्यवसायिक लिगहरुबाट निकै चर्चित बनेका सन्दीपले अष्ट्रेलियाको चर्चित लिगमा पहिलो पटक खेल्न लागेका हुन् ।
अष्ट्रेलियामै माइकल क्लार्क बोलाएर अभ्यास दिएपछि एकाएक हाइलाइटमा आएका सन्दीप त्यसपछिमात्र इन्डियन प्रिमियर लिग आइपिएलमा खेल्न पुगेका थिए ।
सन्दीपले शुक्रबार दिउँसो मेलबर्न स्टार्सबाट खेल्दैछन् । उनको टिम स्टार्सले खेल्दै गर्दा अष्ट्रेलियाका मिडियाबाटसमेत राम्रो कभरेज पाएका सन्दीप टिममा पर्ने सम्भावना बढी छ ।
सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि सन्दीप तयार देखिएका छन् । दिउँसो २ बजे हुने खेलका लागि मेलबर्नको १३ खेलाडीको लिष्टमा सन्दीपको नाम पनि छ । मेलबर्न ग्लेन म्याक्सवेलको नेतृत्वमा रहेको छ । म्याक्सवेलले पनि सन्दीपलाई विशेष प्राथमिकतामा राखेका छन् ।































प्रतिक्रिया