पाकिस्तानले भारतलाई दियो २४२ रनको लक्ष्य

पाकिस्तानले भारतलाई दियो २४२ रनको लक्ष्य

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आयोजक टोली पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफीमा चिरपरिचित प्रतिद्वन्दी भारतलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुँदै २४१ रन मात्रै जोड्न सक्यो । पाकिस्तानका लागि साउद शकीलले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेले । ७६ बल खेलेका उनले ५ चौका प्रहार गरेका थिए ।

यसैगरी कप्तान मोहम्मद रिजवानले ४६ रन जोड्दा खुशदिल शाहले ३८ रन, बाबर आजमले २३ रन तथा सलमान आगाले १९ रन जोडे ।

बलिङतर्फ भारतका कुलदिप यादवले ३ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिइन् ।

Logo