फाइनलमा म्यानमारलाई स्तब्ध पार्नेमा नेपाली टोली विश्वस्त

फाइनलमा म्यानमारलाई स्तब्ध पार्नेमा नेपाली टोली विश्वस्त

केन्द्रबिन्दु
159
Shares

काठमाडौं । इन्टरनेशल वुमन्स च्याम्पियनसिपको फाइनल खेल भोलि (बुधबार)हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने खेलमा उपाधिको लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारको खेल हेरेर अध्ययन गर्ने मौका पाएको हुनाले सजिलो भएको भन्दै अब फाइनलको तयारी भइरहेको बताए ।

उनले भने, ‘हामीलाई दुईवटा खेल जितेर फाइनल पुग्नु थियो, त्यसपछि म्यानमारको लागि हामीले एउटा छुट्टै खालको संरचना बनाएका थियौं । उनीहरुको खेल हेरेर हामीले अध्ययन गर्ने मौका पायौं। उनीहरुको बलियो पक्ष कहाँ छ र कमजोर पक्ष कहाँ छ भनेर त्यसले गर्दा पनि सजिलो भयो । अब फाइनलको तयारी हुँदैछ ।’

यसको साथै, नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले आजसम्म सिल्भरमा नै रहेको भन्दै भोलिको खेल गोल्ड मेडलको लागि खेल्ने बताइन् । यस्तै, फाइनलमा जसले बढि फिल्डमा मेहनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने उनको भनाई छ ।

उनले भनिन्, ‘जसलाई खेलाए पनि खेल्न सक्ने खालको खेलाडीहरु हुनुहुन्छ । भोलि फाइनल छ, फाइनलको लागि नै लड्ने हो आजसम्म हामी सिल्भरमा नै छौं । भोलिको खेल गोल्ड मेडलको लागि खेल्ने छौ । जसले बढि फिल्डमा मेहनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने हो हामी फाइनलको लागि तयार नै छौ । हामी आफ्नो तर्फबाट सय प्रतिशत दिने छौ ।’

यसअघि नेपाल र म्यानमारबीच भएको लिग चरण अन्तर्गतको अन्तिम खेल २–२ को बराबरीमा सम्पन्न भएको थियो । चार देश सम्मिलित रहेको उक्त प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित, लेबनान, कीर्गिस्तान र म्यानमारले सहभागीता जनाएका हुन् । फिफा वरियातमा म्यानमार ५५औँ स्थानमा रहेको छ । नेपाल १०३औँ स्थानमा रहेको छ ।

Logo