काठमाडौं । सायम कलेजद्धारा आयोजित पाँचौं संस्करणको सायम प्रिमियर लिग क्रिकेटको उपाधि सायम ब्लास्टरले जितेको छ ।
बुधबार नेपालस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सायम ब्लास्टरले सायम सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै सायम प्रिमियर लिगको उपाधि आत्मसाथ गरेको हो । विजेता सायम ब्लास्टरले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
निकै रोचक फाइनल खेलमा सायम ब्लास्टरले सायम सुपर किंग्सलाई कुनै पनि समय आफूमाथी हाबी हुन दिएन । यो विजयसँगै सायम ब्लास्टरले फेरि एकपटक एसपीएल उपाधि रक्षा गरेका छन्, यसअघि सायम ब्लास्टरले सिजन ४ को उपाधि पनि जितेको थियो ।
सायम कलेजले यो प्रतियोगिता हरेक वर्ष आयोजना गर्दै आएको छ। प्रतियोगितामा विजेता सायम ब्लास्टर्स र उपविजेता सायम सुपर किंग्सबाहेक सायम नाइट राइडर्स र सायम च्यालेन्जर्सले पनि सहभागिता जनाएका थिए । प्रतियोगिताका लागि आवश्यक खेलाडीहरुको छनौट अक्सनमार्फत गरिएको थियो ।
यसका साथै आज फाइनल खेलअघि सायम कलेजका शिक्षकविरुद्ध सेलिब्रेटीहरुको मैत्रीपूर्ण खेल पनि सञ्चालन गरिएको थियो ।
सायम प्रिमियर लिगको इभेन्ट कोअर्डिनेटर पुरुषोत्तम मलिकका अनुसार यस्तो प्रतियोगिताले खेलाडीहरुको वृद्धि विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए ।





























प्रतिक्रिया