काठमाडौं । अफगानिस्तानले च्याम्पियन्स ट्रफी २०२५मा इङ्ग्ल्याण्डमाथि रोमाञ्चक जित दर्ता गरेको छ । बुधबार भएको खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्ड लाई ८ रनले स्तब्ध पारेको हो । यो हारसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ ।
इङ्ग्ल्याण्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । यता अफगानिस्तानले भने सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । अफगानिस्तानले अन्तिम खेलमा अस्ट्रेलिया खेल्नेछ । यो समूहमा दक्षिण अफ्रिका पनि छ ।
बुधबार अफगानिस्तानले दिएको ३२६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा इङ्ग्ल्याण्ड ४९.५ ओभरमा अलआउटट हुँदै ३१७ रनमा समेटियो । इङ्ग्ल्याण्डका लागि रुटले सर्वाधिक १ सय २० रन जोडे । उनले १ सय ११ बलको सामना गर्दै ११ चौका र १ छक्का प्रहार गरेपनि टोलीलाई जिताउन सकेनन् ।
कप्तान जोन रुट र बेन डकेटले समान ३८ रन जोडे ।
बलिङतर्फ अफगानिस्तानका अजमतुल्लाह उमरजाईंले ५ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक १ सय ७७ रन जोडे । १ सय ४६ बलको सामना गरेका उनले १२ चौका र ६ छक्का प्रहार गर्दै बलियो योगफल तर्फ डोहोर्याएका थिए ।
कप्तान हशमतुल्लाह शाहिदीले ४० रन जोड्दा अजमतुल्लाह उमरजाईंले ४१ रन तथा मोहम्मद नाबीले ४० रन प्रहार गरे ।
बलिङतर्फ इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३ तथा लियम लिभिङ्स्टोनले २ विकेट लिए ।





























प्रतिक्रिया