म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित, आर्सनल रोकियो

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित, आर्सनल रोकियो

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। म्यानचेस्टर सिटीले इङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्याममाथि संघर्षपूर्ण जित हासिल गरेको छ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई उसकैमैदानमा १-० गोल अन्तरले स्तब्ध पारेको हो। खेलको १२औं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै सिटी जितको निर्णायक गोल बन्यो ।

यो जितसँगै सिटी २७ खेलमा ४७ अंक बटुल्दै चौथो स्थानमा रहेको छ। यता पराजित टोटनह्याम ३३ अंकसहित १३औ स्थानमा छ ।

यता उपाधि होडमा रहेको आर्सनललाई पुनः धक्का लागेको छ । आर्सनल गएराति भएको खेलमा नटिङहम फरेस्टसँग गोलरहित बराबरी खेलेको हो । बराबरीको नतिजासँगै आर्सनल २७ खेलबाट ५४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

Logo