काठमाडौं किङ्सले पोखरा राइनोजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौंले १९.२ ओभरमा पोखराले दिएको १६६ रनको लक्ष्य पूरा गरेको हो ।
ईपीएलअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पराजित भएसंगै पोखराको ईपीएल यात्रा टुंगिएको छ। काठमाडौंको जितका लागि आनन्द सुब्रमुनियम २७ रन जोडे ।
यसअघिको टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा राइनोजका ओपनिङ ब्याट्सम्यान रिचार्ड लेभिले राम्रो सुुरुआत गर्दै २१ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाएका थिए । त्यसैगरी, पाउल कौलिनले ३८ बलको सामना गर्दै एक छक्का र एक चौकाको मद्दतमा ३७ रन बनाए । त्यस्तै, कप्तान काइल कोइट्जरले ३७ रन बनाए भने विनोद भण्डारीले १७ रन बनाएका थिए ।
जितसँगै काठमाडौं लिगको तेस्रो स्थानमा उक्लिएको छ ।





























प्रतिक्रिया