काठमाडौं । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगमा पहिलो जित दर्ता गराएको छ । विराटनगरलाई ५ रनले पराजित गर्दै चितवनले प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा चार विकेट गुमाउदै एक सय ९६ रन बनाएको थियो । चितवन लगातार तीन खेलमा पराजित भएको थियो ।
जवाफमा राम्रो सुरुवात गरेको बिराटनगर २० ओभरमा ८ विकेट गुमाउदा एक सय ९१ रनमात्र बनाउन सक्यो ।





























प्रतिक्रिया