‘केपी ओली कप’ को फाइनलमा बुफोन प्रमुख अतिथि, चर्चित कलाकारको विशेष प्रस्तुति पनि रहने

‘केपी ओली कप’ को फाइनलमा बुफोन प्रमुख अतिथि, चर्चित कलाकारको विशेष प्रस्तुति पनि रहने

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । ‘केपी ओली कप’ फुटवल प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुने भएको छ ।

प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ, नेपालले आज पत्रकार सम्मेलन गर्दै कुल नौ टिमले सहभागिता जनाएको यस प्रतियोगिताको फाइनल खेल मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबकाबीच फागुन १९ गते साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने जनाएको हो । फाइनल खेलमा विश्व चर्चित फुटबल खेलाडि इटालीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रुपमा उपस्थित हुनेछन् ।

खेलकुद र मनोरञ्जनको संयोजन रहेको यस प्रतियोगिताको समापन समारोहमा चर्चित राष्ट्रिय कलाकारहरु कुमा सागर, पूर्ण राईलगायतको बेजोड प्रस्तुति समेत रहनेछ ।

प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।

दशरथ रंगशालामा दर्शकहरुको उपस्थिति हजारौं र ऐतिहासिक हुने अनुमान गरिएको छ । त्यसकारण फाइनल खेल हुने दिन फागुन १९ गते दिउँसो ४ बजेदेखि बेलुकी ८ बजेम्म थापाथलीदेखि त्रिपुरेश्वर सडकमा खण्डमा सवारी साधन आवाज जावतमा कठिनाइ हुने देखिएकाले बैकल्पिक मार्गको व्यवस्था गर्न राष्ट्रिय युवा संघ, नेपालले ट्राफिक प्रहरीलाई विशेष अनुरोध गरेको जनाएको छ ।

सो दिन त्रिपुरेश्वरस्थित वल्डट्रेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण ‘कान्तिपुर टेलिभिजन’ले गर्नेछ भने टिकेटिङ पार्टनर ‘खल्ती’ रहेको छ । यसको साथै अन्य विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछन् । प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण कार्यहरुको आवश्यक तयारी पुरा गरिसकेको राष्ट्रिय युवा संघ, नेपालले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

‘केपी ओली कप’ फुटवल प्रतियोगिताको प्रचारप्रसारको लागि जिल्ला जिल्लाहरुमा पनि प्रचारात्मक कार्यक्रमहरु गरिएको थियो ।

Skip This
Skip This
Logo