विश्वविजेता गोलकिपर बुफोन नेपालमा

विश्वविजेता गोलकिपर बुफोन नेपालमा

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आइपुगेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा उपस्थित गोलकिपर बुफोन दिउँसो नेपाल आएका हुन् ।

फाइनल खेल भोलि दशरथ रंगशालामा हुँदैछ, जसमा उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले भिड्नेछन् ।

बुफोनको नेपाल बसाइ एक साताको हुनेछ । उनले माउन्टेन फ्लाइटमार्फत सगरमाथा हिमालको अवलोकन गर्नुका साथै समय मिलेसम्म लुम्बिनी र पोखराको भ्रमण पनि गर्ने बताइएको छ ।

सन् २००६ को विश्व कप विजेता बुफोन देशका लागि सबै भन्दा बढि अन्तर्राष्ट्रिय फुटबल खेल्ने गोलकिपर हुन् । इटालीबाट ८० खेलमा कप्तानी समेत गरेका उनले कीर्तिमानी १ सय ७६ खेल‌ खेलेका थिए। उनले ५ पटक‌ विश्व कप‌ खेलेका थिए। ४७ वर्षे उनले १० पटकका इटालियन सिरिए जितेका थिए।

Skip This
Skip This
Logo