काठमाडौं । अस्ट्रेलियाका म्याट रोस नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईको उपस्थितिमा रोसले एक वर्षको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उनको नेतृत्वमा नेपाली फुटबलले गति लिने एन्फाको विश्वास छ ।
४७ वर्षीय रोससँग यूईएफए प्रो लाइसेन्स छ । यसअघि, उनले दक्षिण कोरियाको राष्ट्रिय महिला टिममा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । साथै उनमा सन् २०२३ अगस्ट ६ देखि सन् २०२४ अगस्ट ५ सम्म साउदी अरेबियाको क्लब अल–कादिसियाहको यू–१९ पुरुष टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।
अब उनको पहिलो चुनौती नेपालको खस्कँदो प्रदर्शनलाई उकास्नु नै हुनेछ ।





























प्रतिक्रिया