एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ४ विकेटले पराजित गरेको छ। भैरहवाको यो लगातार तेस्रो जितसंगै क्वालिफायर्सको संभावना बलियो बनाएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले ९१ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ् गरेको भैरहवा १९ ओभर चार बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।
२१ रनमा पहिलो विकेट गुमाएको भैरहवाले २४ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर प्रदिप ऐरी १० तथा कुशल मल्ल सात रनमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका रवीन्दर सिंहपनि मात्र १२ रनमा आउट भएपछि भैरहवाले ४३ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटका लागि रायन टेन डोइच्टे र कप्तान शरद भेषवाकरले ३३ रनको साझेदारी गरे ।
आएका आरिफ शेख पनि मात्र एक रनमा आउट हुँदा भैरहवाले ८१ रनमा ५ विकेट गुमायो । उसका कप्तान शरद भेषवाकर पनि १६ रनमा आउट भएपछि भैरहवाले ८३ रनमा छैटौ विकेट खेर फाल्यो । अन्तिम ओभरमा भैरहवालाई जित्न ६ रन आवश्यक थियो । जसमा उसले दुई बल अगावै पुरा गर्यो ।
बलिङमा बिराटनगका रे भान देर मेर्वीले दुई तथा करण केसी, बसन्त रेग्मीले एक एक विकेट लिए ।





























प्रतिक्रिया