काठमाडौं । त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल जारी छ । खेलकाे पहिलाे हाफमा मछिन्द्रले १-०काे अग्रता लिएकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भइरहेको उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । यसैगरी इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित छन् । रङ्गशाला दर्शकले खचाखच भरिएको छ । खेल सुरु हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति समेत पस्किएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।





























प्रतिक्रिया