केपी ओली कप उपाधीमा मच्छिन्द्रको ह्याट्रिक

केपी ओली कप उपाधीमा मच्छिन्द्रको ह्याट्रिक

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । लगातार तीन पटक सम्म केपी ओली कपको उपाधी हात पार्दै मच्छिन्द्रले नयाँ रेकर्ड बनाएको छ ।

सोमबार भएको फाइन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले परापनत गर्दै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ।

दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको क्रस आर्मीका डिफेन्डर अगाडि बाउन्स भयो। त्यही बललाई क्लियर गर्ने खोजेका विमल पाण्डेको प्रहार आफ्नै गोल पोष्टमा छिर्यो। आर्मीले दिएको आत्मघाती उपहार गोलमा मछिन्द्र १-० ले अगाडि बढ्यो।

३५औं मिनेटमा मलिक युसुफले पाएको मौकामा गोल किपर विकेश कुथुले अगाडि आएर बचाए। आर्मीले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गर्न सकेन। १-० ले पछि परेपछि आर्मी दोस्रो हाफमा खेलमा फर्कन आतुर थियो। ५१ औं मिनेटमा दिनेश हेन्जानको सटिक पासमा जिलेस्पी जङ्ग कार्कीले बल कनेक्ट गर्न सकेनन्। सो बललाई देवेन्द्र तामाङले गोल लाइन नजिकैबाट क्लियर गरिदिए।

त्यसको चार मिनेटपछि निराजन धामीको उत्कृष्ट पासमा डि( बक्सभित्र रहेका नवयुगको फितलो प्रहार पोल नजिकैबाट बाहिरियो। आर्मीले बराबरी गोल फर्काउने सुनौलो मौका खेर फाल्यो। त्योसँगै प्रशिक्षक मेघराज केसीले स्ट्राइकर नवयुगको स्थानमा विङ्गर दिशान्त राईलाई मैदान प्रवेश गराए। तर यो रणनीतिले पनि खेलमा कुनै असर गरेन।

७२ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर गर्यो। थ्रो इनबाट पाएको बललाई एकल प्रयासमा मल्लिक युसुफले अगाडि बढाएर दिएको पासमा स्टेफन जमाहा जालीले पहिलो टचमा फस्ट बारमा उत्कृष्ट गोल गरे। यो सँगै मच्छिन्द्रले २-० को अग्रता बनायो। यसपछि दुवै टिमबाट गोल नहुँदा मच्छिन्द्र च्याम्पियन बन्यो। यो वर्ष चौथो फाइनल खेलेको मच्छिन्द्रले यसअघि इटहरी गोल्डकप जितेको थियो। यो सिजन चौथो प्रतियोगिता खेलेर पहिलो पटक फाइनलमा पुगेपनि आर्मीले उपाधि जित्न सकेन।

मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १-० ले सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४-० ले माथ दिएको थियो। आर्मीले यो प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २-० ले र सेमिफाइनललाई संकटालाई २-१ ले हराएको थियो। प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्यो।

खचाखच दर्शकले भरिएको दशरथ रंगशालामा इटालियन महान विश्व कपमा विजेता पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोनको उपस्थितिले विशेष बनाएको थियो।

Logo