काठमाडौं । केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो।
व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए।
तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा मोटरसाइकल प्राप्त गरे। दशरथ रंगशालामा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २(० ले हराउँदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको थियो।
प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्यो।





























प्रतिक्रिया