अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत लगातार तेस्रो पल्ट फाइनलमा

अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत लगातार तेस्रो पल्ट फाइनलमा

केन्द्रबिन्दु
63
Shares

एजेन्सी । विराट कोहलीको उच्च प्रदर्शनप्रेरित भारतले मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो । यससँगै भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ ।

अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य पछ्याउनेक्रममा ३६ वर्षे भारतका कोहलीले ८४ रन बनाएका थिए । खेलको अन्त्यतिर उनी आउट भए पनि केएल राहुलले अविजित ४२ रन बनाएपछि भारतले दुबई अन्तर्राष्ट्रिय रंगशालामा ११ बलअघि नै २ सय ६७ रन बनाएको थियो ।

भारत लगातार तीन पटक फाइनल पुग्ने पहिलो टोली बनेको छ । यसअघि भारत २०१३ र २०१७ मा फाइनल पुगेको थियो । ८ वर्षयता च्याम्पियन्स ट्रफी पहिलो पटक आयोजना भएको हो । अस्ट्रेलियामाथि विजय हात पार्दै भारतले सन् २०२३ मा घरेलु भूमिमा एकदिवसीय विश्वकप फाइनलमा भोगेको पराजयको बदला पनि लिएको छ ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच बुधबार लाहोरमा हुने दोस्रो सेमिफाइनल विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल दुबईमा आइतबार हुनेछ ।

Logo