न्यूजिल्याण्डले फाइनलमा पुग्न दक्षिण अफ्रिकालाई दियो ३६३ रनको लक्ष्य, विलियम्सन र रविन्द्रको शतक

न्यूजिल्याण्डले फाइनलमा पुग्न दक्षिण अफ्रिकालाई दियो ३६३ रनको लक्ष्य, विलियम्सन र रविन्द्रको शतक

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । पूर्वकप्तान केन विलियम्सन र रचिन रविन्द्रको सानदार शतकमा न्यूजिल्याण्डले नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्दी दक्षिण अफ्रिकालाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३६२ रन जोडेको हो । न्यूजिल्याण्डका लागि ओपनर रचिन रविन्द्रले सर्वाधिक १०८ रन प्रहार गरे । १०१ बल खेलेका उनले १३ चौका र एक छक्का प्रहार गरे ।

यसैगरी पूर्वकप्तान केन विलियम्सनले पनि उत्कृष्ट शतकीय इनिङको योगदान गरे । ९४ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे । ड्रयाल मिचेलले ४९ रन जोडे । ग्लने फिलिप्स पनि ४९ रनमै नटआउट रहे ।

आजको विजेताले उपाधिका लागि भारतसँग भिड्नुपर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको हो ।

Skip This
Skip This
Logo