एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा चितवन टाइगर्सले काठमाडौं किंङ्सलाई १६१ रनको चुनौती दिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १९ अाेभर चार बलमा १६० रनमा अलअाउट भएको हो । चितवनका पउल स्ट्रलिङले तीन चौका र तीन छक्का सहित १३ बलमा ३४ रन बनाए । जर्ज स्कट र दिपेन्द्र ऐरी विच ४० रनको साझेदारी गरे।
सन्दिप सुनार २५ रनमा र भिम शार्की सात रनमा नै आउट भए । कमलसिंह एेरी पनि एक रनमा रनआउट हुन पुगे । कप्तान पृथु बास्कोटाले १९ रन बनाए ।
बलिङ तर्फ प्रदिप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक एक विकेट लिएका छन् ।





























प्रतिक्रिया