राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजनामा पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप आजदेखि सुरु भएको छ ।
सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा बिशेष कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनाले पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप उद्घाटन गरे ।
आइतवारबाट सुरु प्रतियोगितामा विभिन्न १८ खेलको प्रतिस्पर्धा हुनेछ । पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप एक महीनाको अवधिमा प्रतियोगिताहरु सम्पन्न गरिसक्नु पर्ने छ ।
शारीरिक रुपमा अपाङ्ग भएका तथा फरक क्षमता भएका खेलाडीहरुले खेल्ने विभिन्न १८ वटा खेल खेलाइने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिए ।
यो प्रतियोगितामा एक खुट्टाले खेलिने फुटबल पनि समाबेश गरिएको ब्यबस्थापन समितिका सदस्य सचिव शर्माले जानकारी दिए ।
प्रतियोगितामा १५० स्वर्ण पदकका लागि विभिन्न खेलका एक हजार एकसय खेलाडीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताको सम्पूर्ण खर्चको ब्यबस्थापन राष्ट्रिय खेलकुद परिषदले गर्ने पनि व्यवस्थापन समितिका सदस्य सचिव शर्माले जानकारी दिए । अपांगता भएका व्यक्तिहरु हितमा काम गर्ने विभिन्न संस्थाहरुले आफ्नो खेल तालिका बनाएर खेलाइने भएकोले एक महिनाको समय दिइएको सदस्य सचिव शर्माले जानकारी दिए ।
यो प्रतियोगीतामा लगभग ५० लाख खर्च हुने अनुमान गरिएको छ । नेपाली पारा खेलाडीहरुले पछिल्लो समय पारा ओलम्पिकका साथै विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागी हुदै आएका छन् ।





























प्रतिक्रिया