मेसीले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने

मेसीले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । विश्वजिेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकप क्वालिफायरका आगामी खेल गुमाउने भएका छन् ।

मांसपेशी चोटका कारण उनी उरुग्वे र ब्राजिलविरुद्धको खेलमा खेल्न नसक्ने भएका हुन् । सोमबार घोषणा गरेको २५ सदस्यीय अर्जेन्टिनी टोलीमा उनको नाम समावेश गरिएको छैन ।

शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेसँग खेल्नेछ। त्यसको चार दिनपछि मंगलबार अर्जेन्टिनाले ब्युनोस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा पाँचौं स्थानको ब्राजिलको सामना गर्नेछ।

Logo