आईपीएलः रोमाञ्चक खेलमा पञ्जाबले गुजरातलाई हरायो

आईपीएलः रोमाञ्चक खेलमा पञ्जाबले गुजरातलाई हरायो

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । गएराति भएको पहिलो खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई उसकै मैदानमा ११ रनले स्तब्ध पारेको हो ।

जितका लागि २ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३२ रनमा समेटियो। गुजरातका लागि साई सुदर्शनले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रनको योगदान गरे ।

यसैगरी जोस बटलरले ३३ बलमा ४ चौका र २ छक्का साथ ५४ रन जोडे। सेर्फाने रुथरफोर्ड २८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४६ रन तथा कप्तान शुभमन गिलले ३३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा पञ्जाबका अर्शदीप सिंहले २, मार्को जासेन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल पारेको थियो । पञ्जाबका लागि कप्तान श्रेयसले सर्वाधिक ९७ रन जोडे। उनले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्का प्रहार गरे। शतकबाट भने चुके ।

शंशाक सिंह १६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे । मार्कस् स्टोइनेस १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रनमा आउट भए।

बलिङमा गुजरातका लागि साइ किशोरले ३, राशिद खान र कागिसो रबाडाले समान १ विकेट लिए।

Logo