काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शानदार जितसँगै उपाधितर्फ अघि बढेको छ ।
घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-० ले स्तब्ध पारेको हो । बार्सिलोनाको जितमा फेरान टोरेस, डेनी ओल्मो र रोवर्ट लेवान्डोस्कीले समान एकएक गोल गरे । २ गोल खेलको पहिलो हाफमा सम्भव भएको थियो भने दोस्रो हाफमा पनि एक गोल थप गर्न सफल भयो ।
यो जितसँगै लिगलिडर बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक दुरी बढाएको छ । बार्सिलोनाको २८ खेलबाट ६३ अंक छ भने मड्रिडको ६० अंक छ ।































प्रतिक्रिया