काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगामा लेगानेसमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ।
घरेलु मैदानमा गएराति भएको खेलमा रियलले लेगानेसमाथि ३-२ को जित निकालेको हो । रियलको जितमा केलियन एमबाप्पेको दुई गोल गरे भने जुड बेलिङ्घमले एक गोल थपे । यता लेगानेसका लागि डियगो गार्सिया र डानी रवाले एकएक गोल फर्काए ।
जितसँगै रियलले ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ। लिगको २९ खेलबाट रियल ६३ अंकमा दोस्रो स्थानमा छ। रियलभन्दा एक खेल कम खेलेको बार्सिलोनाको पनि समान अंक छ ।































प्रतिक्रिया