काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको दोस्रो लेगको सेमिफाइनल ४–४ को बराबरीमा रोकिएपनि समग्रमा रियल सोसिडाडलाई ५-४ गोल अन्तरले हराउँदै मड्रिडले फाइनलमा स्थान पक्का गरेको हो।
पहिलो लेगमा मड्रिडले सोसिडाडलाई १–० गोल अन्तरले हराएको थियो।
मड्रिडका लागि एन्टोनियो रुडिगर, एन्ड्रिक, जुड बेलिङ्घम र औरेलियन टौचामेनीले समान एकएक गोल गरे । यता सोसिडाडका लागि मिकेल ओयारजवालले २ गोल गरे भने बारेनटेक्साले एक गोल गरे । डेभिड अलावाले एक आत्मघाती गोल गरेका थिए । खेल निर्धारित समयमा बराबरीमै रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । त्यसमा रियलका लागि रुडिगरले निर्णायक गोल गरे ।
अब रियल मड्रिडले उपाधिका लागि सेमिफाइनलको दोस्रो लेगमा आज राति भिड्ने बार्सिलोना र एथ्लेटिको मड्रिडको विजेतासँग खेल्नेछ । सेमिफाइनलको पहिलो लेगमा बार्सा र एथ्लेटिकोले ४–४ को बराबरी गरेका थिए





























प्रतिक्रिया