एनएसएलमा काठमाडौंको पहिलो जित

एनएसएलमा काठमाडौंको पहिलो जित

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा काठमाडौं रेजर्सले पहिलो जीत निकालेको छ ।

दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा काठमाडौंले बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । काठमाडौंका लागि अमाडु डिओपले खेलको ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै काठमाडौं अङ्क तालिकाको तेस्रो नम्बरमा उक्लिएको छ । यसअघिका दुई खेलमा बराबरी र एक खेलमा हार भोगेको काठमाडौं ५ अङ्कसहित तेस्रो नम्बरमा उक्लिएको हो । बुटवल भने अङ्क तालिकाको अन्तिममा छ । बुटवल चार खेलमध्ये एक खेलमा बराबरी र तीन खेलमा पराजित भएको थिया ।

Skip This
Skip This
Logo