नेपालले कुवेतविरुद्ध पहिले बलिङ गर्ने

नेपालले कुवेतविरुद्ध पहिले बलिङ गर्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा कुवेतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । अहिले मैदानमा ब्याटिङमा कुवेत उत्रिएको छ ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

Skip This
Skip This
Logo