राजस्थानलाई हराउँदै गुजराज शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै गुजराज शीर्ष स्थानमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । गुजराज टाइटन्स जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा गुजराजले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको हो ।

गुजरात ५ खेलमा ४ जितसहित ८ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तर, दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले भने २ खेल कम खेलेको छ । उसको ६ अंक रहेको छ ।

बुधबार २१८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानका लागि सिमरन हेटमारले ३२ बलमा सर्वाधिक ५२ रन बनाए । कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।

गुजरातका बलर प्रसिद्ध कृष्णले तीन विकेट लिए  भने रसिद खान र साई किशोरले समान २ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रन जोडेको थियो । ओपनर साइ सुदर्शनले ८ चौका तथा ३ छक्का प्रहार गर्दै आक्रामक ८२ रनको मदत गरे । यसैगरी जस बटलर र मसुद शाहरूख खानले समान ३६ रन जोडे । राहुल तेवाटिया अविजित २४ रनमा रहे।

बलिङमा राजस्थानका तुसार देशपाण्डे र महिश थिक्सानाले समान २ लिए ।

Skip This
Skip This
Logo