काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालको बलिङ फितलो बनेको छ ।
हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको कुवेतले १० ओभरमा ९७ रन जोडेको छ, यो गतिमा रन बन्दा नेपालको लागि चुनौतीपूर्ण सावित हुनसक्छ । क्रिजमा रहेर विष्फोटिङ ब्याटिङ गरिरहेका क्लिन्टो एन्टोलाई नेपालका नन्दन यादवले आउट गरिदिएका छन् । ९.६ ओभरमा ४१ रन बनाएर खेलिरहेका क्लिन्टोलाई उनले क्याचआउट गराएका हुन् । योसँगै कुवेतले दोस्रो विकेट गुमाएको छ ।
यसअघि अर्का ओपनर रविजा सन्दारुवान पनि १५ बलमै २६ रन बनाएर आउट भएका थिए ।
यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।





























प्रतिक्रिया