ए डिभिजन लिग: आज तीन खेल हुँदै

ए डिभिजन लिग: आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

एन्फा कम्प्लेक्स मैदानमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार आज तीन वटा खेल हुने भएका छन् । 

आज ११ एघार बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन् । पहिलो खेलमा जित हात पार्दै संकटाले तीन अंक जोडिसकेको छ भने जावलाखेल पहिलो खेलमा पराजित भएको थियो ।

त्यस्तै सवा २ बजे दोस्रो खेलमा फ्रेण्डस क्लब र एपीएफ क्लब आमने सामने हुँदैछन् । पहिलो खेलमा एपीएफ बराबरीमा रोकिएको थियो । फ्रेण्डसले भने पराजय भोगेको थियो ।

त्यसपछि आजै हिमालयन शेर्पा क्लब र सरस्वती क्लब पनि खेल्दैछन् । पहिलो चरणको खेलमा सरस्वती पराजित भएको थियो भने हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक अंक जितेको थियो ।

Logo