नेपाल र हङकङ भिड्दै, जिते फाइनल प्रवेश

नेपाल र हङकङ भिड्दै, जिते फाइनल प्रवेश

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ। जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो।

यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो। यता, हङकङ भने आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङले कतारलाई ६८ रनले हराएको थियो।

दुवै खेलमा दुवै खेल जितेको नेपाल ४ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ। दुई खेलमा एक खेलमा पराजित र एक खेलमा विजयी हासिल गरेको हङकङ दुई अङ्कसहित दोस्रो र कुवेत दुई अङ्कसहित तेस्रो स्थानमा छ। दुवै खेलमा हार बेहोरेको कतार शून्य अङ्कसहित तालिकाको पुछारमा छ।

Skip This
Skip This
Logo