काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि सानदार जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा बैंग्लोरले राजस्थानलाई उसकै मैदानमा ९ विकेटले हराएको हो ।
राजस्थानले दिएको १७४ रनको लक्ष्य बैंग्लोरले १७.३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्यो । बैंग्लोरका लागि फिल साल्टले सर्वाधिक ६५ रन जोडे । ३३ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । यसैगरी विराट कोहली ६२ रन तथा देवदत्त प्याडिकल पनि ४० रनमा अविजित रहे





























प्रतिक्रिया