दिल्ली क्यापिटल्सको अपराजित यात्रामा पूर्णविराम

दिल्ली क्यापिटल्सको अपराजित यात्रामा पूर्णविराम

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा दिल्ली आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग १२ रनले स्तब्ध भएको हो ।

मुम्बईले जितका लागि दिएको २०६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९ ओभरमा अलआउट हुँदै १९३ रनमा समेटियो । दिल्लीका लागि करुण नायरले ४० बलमा ८९ रन बनाए । उनलाई ३३ रन बनाएका अभिषेक पोरेलले बलियो साथ दिए । तर, जित भने दिलाउन सकेनन् ।

मुम्बईका लागि स्पिनर करण शर्माले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले पाँच विकेट गुमाएर २०५ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रायन रिकेल्टनले ४१, सूर्यकुमार यादवले ४० र नमन धीरले ३८ रन बनाए ।

दिल्लीका लागि कुलदीप यादव र विपराज शर्माले समान दुई विकेट लिए ।

यो हारपछि दिल्ली आठ अंकसहित दोस्रो स्थानमा झरेको छ । मुम्बई भने दोस्रो जितसहित चार अंक बटुलेर सातौं स्थानमा उक्लेको छ ।

Skip This
Skip This
Logo