काठमाडौं
दसैंपछि रोकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो चरणको खेल आज शनिबारबाट सुरु हुँदै छ । दोस्रो चरणको पहिलो खेलमा शनिबार साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम एनआरटीसँग भिड्दै छ भने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्दै छन् ।
दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । पहिलो चरणको खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ गोलले पराजित गरेको मनाङ अंक तालिकाको शीर्ष स्थानमा छ । आर्मीसँग २–२ गोलको बराबरीमा रोकिएको एनआरटी भने एक अंकका साथमा अंक तालिकाको नवौं स्थानमा छ ।
शनिबार एकअर्का विरुद्ध मैदानमा उत्रँदा मनाङले आफ्नो जितको लयलाई कायम राख्ने प्रयास गर्नेछ भने एनआरटीले पहिलो जितको योजना बनाउनेछ । आजको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विरुद्ध न्युरोड टिम एनआरटी बिहान ११ बजे हल्चोक मैदानमा भिड्ने छन् भने दोस्रो खेल त्रिभुवन आर्मी क्लब विरुद्ध च्यासल युथ क्लब वीच दिउसो २ः३० बजे हल्चोक मैदानमैै हुनेछ ।
अन्नपूर्णबाट































प्रतिक्रिया