म्यानमारमा जारी टोकियो ओलम्पिकको एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा नेपाली महिला फुटबल टिम दोस्रो चरणमा पुगेको छ ।
आज मंगलबार थुनुवा रंगशालामा भएको खेलमा बंगलादेशसित १–१ गोलको बराबरी खेल्दै नेपाल दोस्रो चरणमा पुगेको हो । खेलको १७औं मिनेटमै कप्तान निरु थापाले गोल गरे पनि इन्जुरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखी खातुनले बराबरी गोल फर्काएकी थिइन् ।
नेपालले लगातार तेस्रो खेलमा अग्रता लिएर पनि बराबरीमै रोकिनुपर्यो । यसअघि, नेपालले पहिलो खेलमा भारतसित र दोस्रो खेलमा म्यानमारसित १–१ को बराबरी खेलेको थियो । नेपाल अंकतालिकाको तेस्रो स्थानमा रह्यो ।































प्रतिक्रिया