काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा गुजरातले कोलकातालाई उसकै मैदानमा ३९ रनले पराजित गरेको हो ।
गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५९ रनमै समेटियो । कोलकाताका लागि कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ५० रन जोडे । त्यस्तै, आन्द्रे रसेल २१, रिन्कु सिंह १७ र सुनील नारायण १४ रनमा आउट हुँदा अंगक्रिस रघुवंशी २७ रनमा नटआउट रहे।
बलिङमा गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुई/दुई विकेट हात पारे ।
त्यसअघि इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङको निम्तो गुजरातले मात्र तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो। गुजरातका लागिकप्तान सुभमन गिलले १० चौका र तीन छक्काको मदतमा सर्वाधिक ९० रन जोडे । त्यस्तै, साई सुदर्शनले ५२ रन बनाउँदा जोश बटलरले अविजित ४१ रन जोडे।
बलिङमा कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले एक/एक विकेट हात पारे।
यो जितसँगै गुजरात आठ खेलबाट १२ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता भने समान खेलबाट ६ अङ्कसहित सातौैं स्थानमा छ ।





























प्रतिक्रिया